Logo

अफगानिस्तानमा सात लडाकूको मृत्यु



८ चैत ।अफगानिस्तानको पूर्वी कापिसा प्रान्तमा शनिबार भएको गोली हानहानमा सरकार समर्थित चार जना लडाकू र विद्रोही तीन जना लडाकूको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम शेखले तालिबान लडाकूको एक समूहले निजरब जिल्लाको एक प्रहरी चौकीमा शनिबार बिहान आक्रमण गरेको बताउनुभयो । दुबै तर्फ झण्डै एक घण्टा गोली हानाहान भएको प्रवक्ता करिमले जानकारी दिए ।

तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएपनि अफगान सरकार र तालिबानबीच वार्ता हुन सकेको छैन । खासगरी अफगानिस्तानका जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई बिनाशर्त छाड्नुपर्ने तालिबानको मागलाई अफगान सरकारले अस्वीकार गरेका कारण दुबै पक्षबीच वार्ता हुन सकेको छैन ।

शुक्रबार राति तालिबानको आक्रमणमा दक्षिणी जाबुल प्रान्तमा दुई दर्जनभन्दा बढी सैनिकको ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस्