Logo

नर्भिक हस्पिटलले भन्यो :हाम्रो अस्पतालमा आजसम्म कोरोनाको विरामी फेला परेको छैन्



काठमाडौं, ८ चैत्र । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अस्पतालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड– १९) का विरामी फेला नपरेको स्पष्ट पारेको छ । हिजो रातिदेखि नै सामाजिक सञ्जालमा नर्भिक हस्पिटलमा कोरोनाका ८ जना विरामी फेला परेको भन्ने हल्ला फैलिएपछि नर्भिक हस्पिटलले आज एक विज्ञप्ती जारी गर्दै उक्त हल्लाको पछि नलाग्न आग्रह गरेको छ । उसले अहिलेसम्म कोरोनाका बिरामी फेला नपरेको स्पष्ट पारेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलका निर्देशक राजेन्द्र बहादुर सिंहले हल्ला र भ्रामक समाचार तथा सूचनाका पछि नलाग्न आग्रह गर्दै समाजमा त्रास सिर्जना गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।उनले अफवाह फैलाउनु अपराधपूर्ण भएको भन्दै कानुनी कारबाही गर्न माग गरेका छन्। नर्भिकमा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको र त्यसको जाँच गर्ने व्यवस्था पनि नरहेको अस्पताल व्यवस्थापनले जनाएको छ। file photo



प्रतिक्रिया दिनुहोस्