Logo

कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको छ : मन्त्री ढकाल (भिडियोसहित)



काठमाडौं, ८ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरेको स्पष्ट पारेका छन्। उनले अहिलेसम्म ५ सय ३० जनाको परीक्षण गर्दा कसैको पनि रिपोर्ट पोजिटिभ नआएको स्पष्ट पारे । यद्धपी उनले प्रमाणित केश नभएपनि हिजोभन्दा आज जोखिम बढ्दै गएको बताए । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

https://youtu.be/X06SrQfkaLI

मन्त्री ढकालले भारतमा कोरोना संक्रमित चार जनाको निधन भएको र दिनप्रतिदिन संक्रमण बढेको र नेपालसँग सिमाना जोडिएको ठाउँमा समेत आईसकेकोले नेपालको लागि जोखिमको मात्रा उच्च रहेको खतरा औंल्याए । उनले भने,”त्यही भएर पछिल्ला दिनमा उच्चस्तरका निर्णय गर्दै, जनताको साथ र समर्थनमा कोरोना भाइरस नेपाल प्रवेशमा निषेध गर्ने कुरामा आजको मितिसम्म सफलता पाएका छौं ।”कोरोना रोकथामको लागि आफूहरुले साझा धारणा बनाएको समेत उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्