Logo

विदेशबाट आएका ६२ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा



चैत ८, काठमाण्डौ । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकोमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेका छन् । कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु शनिबार नेपाल आएको हुन् ।

शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरका थिए । आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने छ ।

बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।

तस्विर : क्वारेन्टाइनमा राख्न खरिपाटी लगिदै



प्रतिक्रिया दिनुहोस्