Logo

कोरोना भाइरसले बेलायतमा नेपालीको मृत्यु



काठमाडौं, ८ चैत्र । कोरोना भाइरसको संक्रमणले बेलायतमा एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । सँखुवासभा घर भएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो ।

राईलाई अस्वस्थ भएपछि लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएकोमा मंगलबार मृत्यु भएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोले जनाएको छ । राईको निधन भएपछि उनको परिवारका सदस्यलाई आइसोलेशनमा राखिएको छ ।

१७ वर्ष गोर्खा राइफल्समा काम गरेका उनी १८ वर्षअघि बेलायत बसोबासका लागि गएका थिए । उनी परिवारका साथ त्यहाँ बस्दै आएका थिए । मंगलबार अचानक अस्पताल लगिएका उनी केही घण्टामै मृत घोषित गरिए । उनको ढिलो गरी आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण भेटिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्