Logo

कोरोनाका कारण बेलायतमा संखुवासभाका राईको मृत्यु



चैत ८, बेलायत । कोरोना भाइरसको संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुख्र्यौली घर संखुवासभा भएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राई रहेका छन् ।

राई लण्डनबाट करिब २१ किलोमिटर उत्तरपश्चिममा पर्ने हृयारो सहरमा परिवारसहित बस्दै आएका थिए । उनको मृत्यु गत मंगलबार अर्थात चैत ४ गते नै भएको बताइएको छ । लण्डनको नर्थविक पार्क हस्पिटलमा उनको मृत्यु भएको हो । मृतक राई ब्रिटिस गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएपछि परिवारले अस्पताल पुर्‍याएका थिए । अस्पतालका चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

मृत्युको कारण कोभिड१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

यसैबीच बेलायत सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि अर्को सशक्त कदम चालेको छ । उसले शुक्रबार रातिदेखि बेलायतमा सञ्‍चालित पब, क्लब, रेस्टुरेन्ट, थिएटर, जिम, क्याफे र सिनेमा हल बन्द गर्न निर्देशन दिएको हो ।

दिउँसो मन्त्रिपरिषदको आपत्कालीन कोब्रा बैठकपछि प्रधानमन्त्री जोन्सनले साँझ ५ बजे आफ्नो नियमिति पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका थिए । ती रेस्टुरेन्ट, पबमा खाना अर्डर गरी घर लैजान (टेक वे) सुविधा भने दिइएको छ ।

सरकारले बेरोजगार बनेका कामदारका लागि आफ्नो तलबको ८० प्रतिशत दिने घोषणासमेत गरेको छ ।
होलीको औपचारिकता पूरा गरेको मात्रै हो



प्रतिक्रिया दिनुहोस्