Logo

कोरोना संक्रमण ३ लाख नाघ्यो, मृत्यु १३ हजार नजिक



चैत ८, काठमाढ्डौ । कोरोना भाइरसले विश्वभर ३ लाख  २ हजार व्यक्ति संक्रमण गरेको छ । अहिलेसम्म १२ हजार ९ सय ४८ जनाको ज्यान लिएको छ ।

कोरोना अर्थात कोभिड १९ पछिल्ला दिनमा इटलीमा तीब्र गतिमा फैलिइरहेको छ । अहिलेसम्म इटलीमा मात्रै ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चिनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ । पछिल्लो एक हप्तामा चिनमा भने यो भाइरस करिब नियन्त्रणमा आइसकेको छ । तर युरोपमा डरलाग्दो गतिमा विस्तार भइरहेको छ ।

युरोपियन मुलुकमध्येे इटलीपछि  स्पेनमा मर्नेको संख्या धेरै छ । त्यहाँ अहिलेसम्म १ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि फ्रान्समा ५ सय ६२ जनाको मृत्युु भएको छ ।

यता इरानमा पनि १५ सय ५६ जनाको मृत्यु भइसकेको छ । बेलायतमा २३३ र अमेरिकामा २८८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कुल संक्रमित संख्यामध्ये ९४ हजारलाई निको भएको छ । विश्वका १८६ देशमा कोरोना फैलिएको छ ।

यो सबै तथ्याङ्क आइतबार राति साँढे १२ बजेसम्मको हो ।



प्रतिक्रिया दिनुहोस्