Logo

शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा



काठमाडौँ, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेको छ ।

पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गरेको छ भने कोरोनाबाट बच्ने उपाय अपनाएको छ । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेको छ । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेको छ । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्नुहुन्छ नभए भेटघाट पूरै बन्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सल्लाहकार थापाले पहिला जस्तो दौडधूप गर्नुहुन्न तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्नुहुन्छ । उहाँ आफैँ स्वास्थ्य उपचारपछि आराममा छन् । त्यसैले उनी स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो ।

प्रम ओली कोरोनाप्रति आफू सचेत हुनुहुन्छ र अरूलाई सचेत रहन सल्लाह दिनुहुन्छ । शनिबार उहाँले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थापाले जानकारी दिएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किनुभएको छैन । उहाँ ‘सेल्फ क्वारेन्टाइन’मा हुनुहुन्छ । नेता तथा कार्यकर्तासँग कम भेटघाट गरेको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेका छन् । त्यस्तै कुनै जरुरी भेटघाट छन् भने मात्र भेटघाट गर्नुहुन्छ नत्र उहाँ आफैँ कोरोनाप्रति सचेत भएर बसेका छन् । सल्लाहकार सापकोटाका अनुसार प्रचण्डले मास्क लगाउनुका साथै स्यानिटाइजर प्रयोग गरेका छन् । भेटघाट गर्न आउनेलाई पनि कोरोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउनुहुन्छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन् । तीन दिनदेखि उनी घरमै रहेका छन् । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्नुहुन्छ नत्र भेटघाट बन्द नै गरेका छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उहाँ सचेत भएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्