Logo

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह



काठमाडौँ, ९ चैत । कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् ।

स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री साबुन, मास्क, स्यानिटाइजर, पञ्जा जस्ता सामग्रीको अभाव हुन नदिने गरी योजना बनाएका हुन् । आ–आफ्नो स्थानीय तहभित्र खाद्य सामग्रीको कृत्रिम अभाव हुन नदिन जनप्रतिनिधिले निरन्तर अनुगमन गर्ने योजना स्थानीय तहले बनाएका छन् । धूलो उड्ने सडकमा स्थानीयवासीलाई स्वतस्फूर्त रूपमा पानी हालेर धूलो उड्न नदिने, हरिया सागपात, फलफूल खाने र माछामासु राम्रोसँग पकाएर मात्र खान जनप्रतिनिधिले आग्रह गरेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन् ।

सबै स्थानीय तहले स्वास्थ्य शाखाका कर्मचारीलाई उच्च सतर्क भएर पहिला आफू सुरक्षित हुने र त्यसपछि मात्रै अन्यको उपचारमा सक्रिय भएर लाग्न आग्रह गरेको उपत्यकाका मेयर फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्