Logo

सिमामा नाम मात्रको कडाई



जनकपुरधाम, चैत ९ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएकाले कोरोना भाइरसको उच्च जोखिम हुँदा सीमाक्षेत्रबाट हुने ओहोरदोहोरमा शनिबारदेखि कडाइ गरिएको छ।

भारतीय सुरक्षा अधिकारीसँगको समन्वयपछि प्रदेश २ का जिल्लास्थित सुरक्षा अधिकारीहरूले सीमित नाका प्रयोगका लागि खुला गर्दै अरू सबै नाकामा ओहोरदोहोरमा रोक लगाएको बताएका छन्। तर खुला सीमाका कारण पर्साबाट निर्वाध रूपमै मानिसहरू नेपाल—भारत आवतजावत गरिरहेका छन्।

कोरोना भाइरसाको उच्च जोखिममा रहेको नेपालमा भारतबाट दुईवटा छोटी भन्सार नाका र रक्सौल नाकाबाहेक कतै पनि स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छैन।

रक्सौल मुख्य नाका र ६ वटा छोटी भन्सार नाका रहेको यो जिल्लामा रक्सौल, ठोरी र भिस्वा नाकामा मात्र हेल्प–डेस्क राखेर शरीरको तापक्रम मापन गरिरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

रक्सौल नाकामा सात जना स्वास्थ्यकर्मी भएको एउटा हेल्प–डेस्क राखिएको छ। ती सात जना तीन सिफ्टमा बसेर इन्फ्रारेड थर्मामिटरले भारतबाट नेपालतर्फ आउने व्यक्तिको तापक्रम नापेर सामान्यभन्दा बढी देखिए नारायणी उपक्षेत्रीय अस्प्ताल वीरगन्ज पठाउने कार्य भइरहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्