Logo

किन मानिस अन्य जनावरको तुलनामा बढी बाँच्छ



एजेन्सी, ९ चैत्र । यस पृथ्वीमा भएका अन्य प्राणीहरुभन्दा मानिस धेरै बर्ष बाँच्छ । यसो हुनुको मुख्य कारण मानिसको शारिरीक तथा मानसिक विका ढिलो हुनु हो ।

वैज्ञानिकहरुका अनुसार, “मानिसको शरीरमा क्यालोरीको विकास ढिलो हुन्छ । गोरिल्लामा मानिसको भन्दा दुई गुणा बढी क्यालोरीको विकास हुन्छ । जसको कारण तिनीहरुलाई बाँच्नको लागि मानिसलाई चाहिने भन्दा बढी उर्जाको आवश्यक पर्छ । र तिनीहरुको उमेर मानिसको भन्दा कम हुन्छ । मानिसको उमेर लामो हुन्छ किनभने मानिसको शरीरलाई धेरै उर्जाको आवश्यक पर्दैन । त्यही उर्जामा मानिस धेरै बर्ष बाँच्न सक्छ ।”

मानिसको उमेर बढी हुनुको अर्को कारण मानिस चेतनशिल प्राणी भएकाले उसले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्छ र स्वस्थ खानेकुरा खान्छ । यदि बिरामी भएपनी विभिन्न चिकित्सकहरुसंग गएर जचाउँछ तर जनावरहरुमा त्यस्तो हुँदैन । मानिसको उमेर बढी हुनुको वैज्ञानिक कारण मानिसमा उर्जा विकासको दर अन्य प्राणीको तुलानामा ढिलो हुनु हो । जसकारण मानिस बढी उमेर बाँच्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्