Logo

कोरोना प्रभावित कुटनीति



विपिन देवः मानव सभ्यता आज वडो संकटपूर्ण अवस्थामा उभिएको छ । प्रत्येक व्यक्तिले आफुलाई बन्दी अनुभुति गरिरहेको अवस्था छ । खास गरेर दैनिकि श्रम गरेर जीविकोर्पाजन गरिरहेका मान्छेहरूको अवस्था वडो गम्भीर छ । समस्याको गभ्भीर्यतालाई आकलन गर्न विज्ञहरूलाई पनि हम्वे हम्वे भइरहेको अवस्था छ । यस संकटपूर्ण घडीमा सम्पूर्ण मानव समुदायले “बसुधेवम कुटुमवकम” को शुत्रलाई मनन् गरेर भाईचारा र भातृत्वको नाताले एकजुट हुनु पर्ने समयको माग देखिएको अवस्था छ । तर संसारको कुटनीति यस सिद्धान्त अनुरुप परिचालन भइरहेको छैन । प्रजातान्त्रिक मुलुकहरूको शैली फरक देखिएको छ भने साम्यवादी सिद्धान्तको आवरणमा एकमना अधिनायकवाद शैली पृथक देखिएको छ । तदनुरुप कोरना समस्या सामाधानमा दुई फरक सोच र शैली देखिएको छ ।

कोरोना भाइरसको एउटा मानवको लागि दुःखको भण्डार (पयानडोरास वॉक्स) हो । यसको उद्गम स्थल चीन नै हो भन्ने पुष्टि भइसकेको छ । १७ नोभेम्वरमा चीनलाई थाहा भएतापनि चीनले सार्वजनिक गरेन । परिक्षण स्वरुप वुहानमा वृहत भोजको आयोजना गरियो । डा. लिभेन लाइवागले जानकारी गराएता पनि उनको आवाजलाई दमित गर्दै ल्याववाट सम्पूर्ण स्याम्पलहरू नष्ट गरियो । जब समस्याको जटीलतालाई चीनले कावुमा लिन सकेन, त्यस अवस्थामा डिसेम्बर २६ मा विश्व स्वास्थ्य संगठनलाई यसको जानकारी दिइयो । अर्कोतर्फ संसारमा सबैभन्दा बढी यात्रा गर्ने नागरिकहरू चिनियाहरू नै हुन्छन् । वर्षेनी १५ करोड चिनिया नागरिकहरू विदेश यात्रा गर्ने गरेको देखिन्छ । २० लाख करोड अमेरिकी डलर खर्चेर चिनियाँहरू विदेश घुम्नमा खर्च गर्दछन् ।

आज इटाली जनताहरूको चित्कारको आवाज सुनेर मानवीय सम्वेदना र सहानुभतिवाट जनजन भावविभोर हुने गरेका छन् । यसको कारक तत्व के भने प्रत्येक वर्ष ४० लाख चिनिया पर्यटकहरू इटाली जाने गरेको छ । यदि चिनियाँ सरकारले प्रजातान्त्रिक शैली र स्वरुप अनुसार समस्याको निकासको लागि समावेशी र पार्दशि नीति लिएको भए आज संसार यस्तो संकटको अवस्थामा अवतरण हुनु पर्दैन थियो होला । चीनको शासकीय प्रवृतिको प्रकोपले सारा संसारको अर्थनीति डगमगाएको भएको छ । संसारको व्यापारको २६ प्रतिशत चीनले ओगेटोको अवस्था छ । चीनको उत्पादन र व्यापारसंग संसारमा ५ मिलियन कम्पनी व्यापारिक कम्पनीहरूको व्यवसाय छ ।

चीनवाट सात लाख पॉचास हजार कनटेनरहरू संसारभरी सामान निर्यात गर्दछन् । यस अवस्थामा चिनियाँ शासकीय सोचले सम्पूर्ण मानव आक्रन्त भएको देखिन्छ । एकजना जानकारले चिनिया शैलीलाई व्याख्या गर्दै के भनेका छन् कि “चीन लाइड, पिपुल डाइड” । अर्थात चीनले सत्य न वोल्नु कै कारणले यति मान्छेहरू मृत्यवरण गरेका छन् । चिनिया शैलीलाई समीक्षा गर्दै एलीजावेथ इकनोमी (निर्देशक, एशिया अनुसन्धान)ले के टिप्पणी गरेका छन् कि चीनले आफ्नो महत्वूर्ण समय भाइरसलाई निर्मूल पार्नुको सट्टा जनताको स्वरलाई नै दवाउन व्यतित् गर्यो । इकनोमीले आफ्नो आलेखमा प्रष्ट गरेका छन् कि चीनले पार्दशीताको सिद्धान्त अवलम्वन गरेको भए मानवले यो मूल्य चुकाउ‘नु पर्दैन थियो होला । यसै सन्र्दभमा इआन व्रेभर (युरोपियन गुपको सामरिक नीतिकार)ले एक अभिव्यक्तिमा चिनिया कम्युनिष्ट पार्टीको गैरजिम्बेबारीलाई यसको दोषी देखाएका छन् । वोनी ग्यालीसयर र मार्क इसपर जस्ता चिन्तकले जी पिङ्गको नेतृत्वलाई प्रश्नको घेरामा ल्याउ‘दै “गैरमानवीय दृष्टिकोण” भएको नेताको रुपमा चित्रित गरेका छन् । यसै सन्र्दभमा ब्रुक डिकनेसन (चिनिया विज्ञ, जर्ज वासिंगटन विश्वविद्यालय)ले यस महामारीको जिम्मेवारी चिनिया नेतृत्वले लिनुपर्छ भने आफ्नो लेखबाट अपील गरेका छन् ।

जि सेभनसंग आवद्ध राष्ट्रहरू फ्रान्स, जर्मनी, इटाली लगायत अरु मुलुकहरू प्रजातान्त्रिक मुलुकहरूसंग सहकार्य गर्न अपील गरिरहेकोछ । खास गरेर कोरनाको त्रासदीको केन्द्र यूरोप बनिरहेको अवस्था छ । यस प्रतिकूल अवस्थामा युरोप र अमेरिका चीनको विरोधमा व्यापक घेरावन्दी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पत्रकारसम्मेलनमा कोरानालाई “चाइनीज भाइरस”को संज्ञा दिएर चिन प्रतिको यूरोप र अमेरिकाको कटूतालाई आधिकारीक रुपमा उद्धोष गरेको देखिन्छ । एक जना पत्रकारले ट्रम्पलाई यो अभिव्यक्ति प्रति जिम्मेवारीका साथ वोल्न आग्रह गरेता पनि प्रतिप्रश्नमा ट्रम्पले यो भाइरस चीनवाट नै आएको हु‘दा यसलाई चिनिया भाइरस भनिएको हो भने जवाफ दिए । ट्रम्पको यस्तो प्रतिक्रिया पछि चीन आक्रामक देखियो । चीन स्थित सम्पूर्ण अमेरिकी पत्रकारहरूलाई चीनले आफूनो भुमिकावाट निष्काशन गरेर चीन र अमेरिकाको वीच कटूताको इ‘टा फेरि थपियो । चीन “कोरना भाइरस” सम्वन्धी समाचार संप्रेषणको सन्र्दभमा वासिगंटन पोष्ट र न्यूर्योक टाइम्ससंग निकै नै चिढिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरू चिनिया सामाचार मुखपत्र ग्लोवल टाइम्ससको मार्फतबाट पश्चिम पत्रकारहरूको शैलीलाई आलोचना वेलावखतमा पहिले देखि नै गरिरहेको थियो । अर्को तर्फ ग्लोवल टाइम्सले करोना भाइरस अमेरिकी सैनिकहरूले नै वुहानमा फैलाएको पनि अभिव्यक्ति दिए । एकजना चिनिया मुलुका अमेरिकी पत्रकारले प्रेस सम्मेलनमा नै डोनालड ट्रम्पलाई यो प्रश्न तेर्साए । जवाफमा डोनाल्ड ट्रम्पले आफु राष्ट्रपति हुञ्जेलसम्म अमेरिकी सैनिकहरू यस्तो हरकत नभएको उद्घोष गरे । डोनाल्ड ट्रम्प आफ्नो चिनिया विरोधी अभिव्यक्तिले गर्दा अमेरिकी छापाखानामा चर्चामा रहने गरेको छ ।

जानकारहरूका अनुसार यूरोप र अमेरिकाको भावनात्मक सम्वन्धलाई आउने राष्ट्रपतिको चुनावमा आफ्नो चिनिया विरोधी अभिव्यक्तिले ट्रम्पले पु‘जीकृत गर्न खोजेको विश्लेशण रहेको छ । अर्कोतर्फ कोरानाको त्रासदी इरानमा पनि भयावह देखिएको छ । ईरान आर्थिक रुपमा अमेरिकी नाकाबन्दीले गर्दा छटपटाइरहेको अवस्था छ । कोरोनाको संकट प्रति विश्व समुदायलाई ध्यानआकृष्ट गराउ‘दै इरानी सरकारले अमेरिका नाकावन्दीवाट आफ्नो देशमुक्ति पाउनु पर्ने भन्ने मागले गर्दा कोरानाको प्रभाव कुटनीतिमा देखिएको छ । अर्कोतर्फ ईरानले भारतलाई अमेरिकासंग मध्यस्थता गर्न कूटनीति पहल गरिरहेको कुरा पनि जानकारहरू बताउ‘छन् । भर्खरै मार्च १४ मा जि ट्वाय्न्टी मुलुकहरूको सम्मेलनमा अमेरिकी नेतृत्व पोम्पीओ र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ईरानको समस्यामा छलफल गरेको कुरा जानकारहरू दावी गर्दछन् ।

अर्को शब्दमा भन्ने हो भन्ने आज प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्ध जस्तै संसार ध्रुविकृत देखिएको छ । प्रजातान्त्रिक राष्ट्रहरू सहकार्य र समावेशीयतामा जोड दिएको छ भने गैरप्रजातान्त्रीक कित्तामा एकमना र गोपनीयतामा बढी जोड दिएको छ । अर्थात् अहिलेको कूटनीति कोरोनाद्वारा प्रभावित भएको अवस्था देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्