Logo

भगवान विष्णुको चक्रको उत्पत्ति कसरी भयो



एक पटक नारायण अर्थात् भगवान विष्णुले आफ्नो इष्ट देवीको देव महादेवलाई प्रसन्न गर्न एक हजार कमलको फुल चढाउने सोच बनाए । पुजाको सारा सामाग्री जम्मा गरेपछि उनले आफ्नो आसन ग्रहण गरे, आँखा बन्द गरेर संकल्पलाई दोहो¥र्याई अनुष्ठान शुरु गरे ।

वास्तवमा शिवजी इष्टका नारायण हुन् र नारायणको इष्ट शिवजी हुन् । आज भगवान शंकर भगवानको भुमिकामा थिए, र भगवान नारायण भक्त थिए । भगवान शिवले शंकरलाई एउटा ठट्यौली गरे । उनले चुपचाप सहस्र कमलोबाट कमल चारे । नारायण आफ्नो इष्टको भक्तिमा लेन थिए । उनलाई यसको बारेमा केही थाहा थिएन् । जब नारायणले नौ सय उनानसय कमल चढाएपछि एक हजार कमल चढाउनको लागि थालमा हात राख्दा कमलको फुल त्यहाँ थिएन् ।

कमल फुल ल्याउनको लागि न उनी आफै उठ्न सक्थे न जान सक्थे नत कसैलाई बोलाएर मगाउन नै सक्थे । किनकी अनुष्ठान गर्ने समयमा कसैसंग बोल्न र उठेर जान हुदैनथ्यो । उनले आफ्नो मायाले कमल फुल थालमा प्रकट गर्न सक्थे तर उक्त समयमा भगवान नभई आफ्नो इष्टको भक्तको रुपमा थिए । अतः उनले आफ्नो शक्तिको उपयोग आफ्नो भक्तिमा गर्न चाहादैनथे ।

नारायणले सोचे मानिसहरुले मलाई कमल नयन भन्थे, तब नारायणले आफ्नो एक आँखा शरीरबाट निकालेर शिवजी को कमल फुल जस्तै अर्पित गरेर आफ्नो अनुष्ठान पुरा गरे । नारायणको यति धेरै समर्पण देखेर शिवजी प्रसन्न भए, उसको आँखाबाट प्रेमाश्रु बाहिर निस्किए । यति मात्र होइन नारायणको त्यो त्यागसँग भगवान शिव मन बाट मात्र नभई शरीरबाट पनि पग्लिए र तत्कालै चक्रको रुपमा परिणत भए । उही चक्रलाई नारायणले सधै धारण गरिरहन्छन् । उक्त समयदेखि नारायणले सधै चक्र आफ्नो दाहिने हातको औलामा लगाउँछन् । यसैले शिव र नारायण सधै एक अर्कासँग बस्छन् ।



प्रतिक्रिया दिनुहोस्