Logo

वडाध्यक्षमाथि अख्तियारको मुद्दा



काठमाडौ, ९ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष श्रवणकुमार यादवमाथि ७० हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष यादवले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख घुस मागेको तर बार्गेनिङ पश्चात ७० हजार घुस लिएकों सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिई अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

उनलाई कानुन बमोजिम असुल उपर गरी जफत गर्ने समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्