Logo

विश्वभर बैंकहरुले ब्याजदर सुन्यमा झार्दै गर्दा नेपालमा बैंकहरुलाई ब्याजदर घटाउन दबाब



काठमाडौं, १० चैत्र । कोरोना भाइरसका कारण विश्वभर आर्थिक कारोबार निकै कम भएको छ । उद्योग व्यवसायहरु बन्द जस्तै छन् । धनी देशहरुले लकडाउन गरेर बैंकहरुको ब्याज सुन्य प्रतिशतमा झारेका छन् ।

कतिपय देशहरुले एक प्रतिशतभन्दा तल ब्याजदर कायम गरेका छन् । आर्थिक संकटका बखत अमेरिकाको फेडरल रिजर्भका प्रमुखले ब्याजदर सुन्यमा जेरोम पाओलले ब्याजदर घटाउन कदम चाले । कोरोना भाइरसले आर्थिक गतिविधिलाई अवरोध गरेको भन्दै उनले कदम चलोपछि बैंकहरुको ब्याजदर सुन्य प्रतिशतको आसपासमा झरेको छ ।

बेलायतमा बैंकहरुले ब्याजदर एक प्रतिशतमुनी झारेका छन् । बैंक अफ इंग्ल्यान्डको ब्याजदर ०.७५ प्रतिशत देखि ०.२५ प्रतिशतमा सिमित पारिएको छ । यो बैंकको इतिहासमै अहिलेसम्मको कम हो ।

कोरोना भाइरसको संक्रमणले विश्वभरका बैंकहरुले धमाधम ब्याजदर सुन्यको आसपासमा झारिरहेका छन् । यसकारण नेपालका बैंकहरुमाथि पनि दबाब बढेको छ । तर, राष्ट्र बैंकबाट ठोस कदम चालिएको छैन । आर्थिक गतिविधि सुस्त हुँदै गएपछि उद्योग व्यवसायी समस्यमा छन् । कतिपयलाई तलब दिन समस्या परिसकेको छ । तर, सरकारका तर्फबाट बैंक तथा वित्तीय क्षेत्रमा ठोस कदम चाल्ने संकेत नदेखिएकाले संकट गहिरो हुने देखिए्रको छ ।



प्रतिक्रिया दिनुहोस्