Logo

फुटबल स्टार फेलेनीलाई कोरोना भाइरस



एजेन्सी, १० चैत्र । बेल्जियमका फुटबल स्टार मारोनी फेलेनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ३२ वर्षीय फेलेनीले ट्वीट गर्दै कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका छन् ।

हाल चिनियाँ क्लब साङडोङ लुनेङबाट खेल्ने उनी जिनान अस्पतालमा भर्ना छन् । उनलाई त्यहाँ आइशोलेशनमा राखिएको छ । फेलेनी लामो समय मेनचेष्टर युनाइटेडबाट खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्