Logo

रोगसंग लड्ने शक्ति बढाउन खानुहोस् रायोको साग



काठमाडौं, चैत १० । रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् । स्मरणशक्ति बढाउँछ उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ ।

प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् । आँखा तेजिलो बनाउँछ रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ । मुटु बलियो बनाउँछ मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

क्यान्सरबाट जोगाउँछ रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

डन्डीफोर कम गर्छ रायोको सागमा पाइने तहत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ । गर्भवतीलाई लाभ गर्छ गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् ।

शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ । रुघाखोकीबाट जोगाउँछ रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो ।

भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ । पत्थरी हुन दिँदैन पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ । बाथका रोगीलाई राहत दिन्छ रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

रायोको साग खाँदा अपनाउनुपर्ने सावधानी
बढी नपकाउने
बेसार नहाल्ने
राति नखाने

 



प्रतिक्रिया दिनुहोस्