Logo

गगन थापाको प्रस्ताव : कोरोना कोषमा सांसदको एक महिनाको तलब जम्मा गरौं



काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकारले हिजोमात्रै गठन गठन गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्।

आज विहान आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले यस्तो आग्रह गरेका छन्,‘सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ। संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।” file photo

मन्त्रिपरिषद बैठक : सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष



प्रतिक्रिया दिनुहोस्