Logo

प्रधानमन्त्रीको सचिवालय सदस्यद्धारा एक महिनाको तलब उपब्लध गराउने घोषणा



काठमाडौं, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यहरुले कोरोना भाइरसको संक्रमणविरूद्द नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा एक महिनाको तलब बराबर सहयोग रकम घोषणा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारेमा जानकारी गराउँदै फेशबुकमा यस्तो लेखेका छन् । उनले लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयबाट निम्न बमोजिम रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराइन्छ।’

एक महिनाको पारिश्रमिक बराबर

१. मुख्य सल्लाहकार (विष्णु रिमाल )
२. विदेश मामिला सल्लाहकार (डा. राजन भट्टराई)
३. प्रेस सल्लाहकार (सूर्य थापा)
४. आर्थिक विकास मामिला सल्लाहकार (लालशंकर घिमिरे)
५. प्रमुख स्वकीय सचिव (इन्द्र भण्डारी)
६. स्वकीय सचिव (राजेश बज्राचार्य)

आधा महिनाको पारिश्रमिक बराबर

१. विकास पूर्वाधार विज्ञ (ई. गजेन्द्र थपलिया)
२. संचार विज्ञ (रामशरण बजगाईं)
३. स्वकीय सहसचिव (होमबहादुर थापा)



प्रतिक्रिया दिनुहोस्