Logo

विप्लवको सरकारविरुद्ध गतिविधि बन्द, अब कोरोना भाइरसविरुद्ध जागरुक हुने



काठमाडौं, १० चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्धको गतिविधि बन्द गरेको जनाएको छ । आज नेकपा महासचिव विप्लवले आफ्नै हस्ताक्षरमा प्रेस विज्ञप्तिमार्फत् कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सम्पूर्ण कारबाहीहरु बन्द गरिएको जनाएका हुन् ।

‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाही बाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँदछौं,’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्तिमार्फत् भनेको छ । तर, उसले सरकारले दमन गरे प्रतिरोध गर्ने जनाएको छ ।

विप्लव नेकपाले कोरोना भाइरविरुद्ध जागरुक हुन कार्यकर्तालाई निर्देशन समेत गरेको छ । साथै, कोराना भाइरसबाट बच्न समेत भनेको छ । जोखिमको परिस्थितिमा सारना देश एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्