Logo

सयौं नेपाली दिल्लीमा अलपत्र, दूतावास अगाडि जम्मा भए



नयाँ दिल्ली, १० चैत्र । भारतको विभिन्न भागमा काम र अध्ययनका सिलसिलामा पुगेका नेपालीहरुमध्ये सयौंको संख्यामा रहेकाहरु दिल्लीमा अलपत्र परेका छन् । दिल्ली हुँदै नेपालतर्फ आउन लाग्दा भारतको विभिन्न क्षेत्र लकडाउन भएपछि उनीहरु अलपत्र परेका हुन् ।

कोरोना भाइरसको जोखिमले भारतमा लकडाउनका कारण सवारी साधन चल्न नसकेपछि नेपालीहरु बारखम्बास्थित राजदूतावास अगाडि जम्मा भएका छन् । तर, नेपाल भारत सीमा बन्द भएकाले दूतावासले कुनै जवाफ दिन नसकेको बुझिएको छ ।

लकडाउन भएकाले नेपालीहरु आनन्दविहार बस अड्डामा रात बिताउन वाध्य भएका थिए । चार सय जना बस अड्डामा बसेका थिए । यसैगरी सीमा क्षेत्रमा हजारौंको संख्यामा नेपालीहरु रोकिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्