Logo

भगवान गणेशको शीर यस कारण हात्तीको भयो



जब पार्वती र शिव उत्सव क्रिडा गर्दै थिए, तब उनीहरुमाथी फोहोर लाग्यो । जब यो फोहोर लागेको उनीहरुलाई अनुभुति भयो तब उनीहरुले फोहोरलाई निकाली दिएर बालक बनाइदिए । उनीहरुले त्यो बालकलाई भने नुहाउने समयसम्म हाम्रो सुरक्षा दिनुपर्छ ।

जब शिवजी नुहाएर आउँदा, उक्त बालकले शिवजीलाई चिनेनन् र उनको बाटो रोक । तब भगवान शिवले उक्त बालकको टाउको छिनाएर भित्र गए ।

यो देखेर पार्वती धेरै बिलौना गरिन्, त्यो बालक तपाइँकै छोरा हो भन्दै, जसरी पनि उसको प्राण बचाउ भन्दै पार्वतीले शिवजीलाई विन्ती गरिन् ।

तब भगवान शिवले आफ्नो सहायकलाई आज्ञा दिए र भने, उत्तरतिर फर्किएर निन्द्रामा रहेको कुनै ठाउँबाट टाउको ल्याउन आदेश दिए । त्यसपछि शिवका सहायकले हात्तीको टाउको खोजेर ल्याए । उक्त टाउकोलाई शिवले त्यस बच्चाको शरीरमा जोडे र यसरी भगवान गणेशको जन्म भयो ।



प्रतिक्रिया दिनुहोस्