Logo

गाँजा सहित पक्राउ



काठमाडौं, १० चैत्र । अवैध लागूऔषध गाँजा सहित आइतबार राति एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका घर भएका धादिङ धुनिबेसी नगरपालिका बस्ने सनोज उप्रेतीलाई करिब २ केजी ५५ ग्राम अवैध लागूऔषध गाँजा सहिते पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले सनोजलाई पक्राउ गरेको हो ।

त्यस्तै पर्सा, बहुदरमाई नगरपालिका पटनीबाट पकहामैनपुर गाउँपालिका बस्ने मन्द्रिका सहनी लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १८ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्