Logo

कालोबजारीको मास्क र सेनिटाइजर सहित पक्राउ



मोरङ, चैत्र १० । लुकाई छिपाई राखेको मास्क र सेनिटाइजर सहित आइतबार साँझ राजेश अग्रवाललाई प्रहरीले पक्राउ परेका छ । बिराटनगर महानगरपालिकाबाट सोही महानगरपालिकाका अग्रवाल ११ हजार ३ सय ५० थान मास्क र २ सय एमएलको २ सय बोतल सेनिटाईजर सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र बिराटनगर महानगरपालिकाबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त मास्क र सेनिटाइजर फेला पारी अग्रवाललाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्