Logo

हतौडा प्रहार गरी श्रीमतीको हत्या



कैलाली, १० चैत्र । हतौडा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा भक्तबहादुर धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ६२ वर्षीया श्रीमती धारुदेवी धामीको हतौडा प्रहार गरी हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका बस्ने धामीलाई पक्राउ गरेको हो ।

हतौडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी धारुदेवीको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले भक्तबहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्