Logo

‘लकडाउन’को नियम उल्लंघन गर्नेलाई ६ महिनासम्म कैद र जरिवाना



काठमाडौं, चैत ११ । सरकारले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न एकमात्रै उपाएको रुपमा आजदेखि एक साता देशभर ‘लक डाउन’ गरेको छ ।

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई फैलन नदिन आगामीचैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन समेत सबैमा आग्रह गरेको छ । अहिलेको विशम परिस्थितीमा कसैले पनि नियमको उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेसमेत सरकारले घोषणा गरिसकेको छ ।

लकडाउनको समयमा अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्नेले सवारीहरु एम्बुलेन्स, दमकल,औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलन, स्वास्थ र सुरक्षाका निकायका गाडीहरुलाई भने चल्न दिइने छ ।

पत्रकारलाई समाचार संकलन गर्न सहजहोस भनेर प्रशासनले पासको व्यवस्था गरेको छ । विना पास पत्रकारसमेत सडकमा निस्कन नपाउने नियमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्