Logo

अधिकांश स्थानमा लकडाउन उल्लंघन, सरकारले कडा कारबाही गर्ने



काठमाडौं, ११ चैत्र । सरकारले कोरोना भाइरसको रोकथामका लागि अत्यावश्यक सेवाबाहेक सबै सेवा ठप्प पारेर मानिसहरुलाई घरबाहिर निस्कन निषेध गरेपनि यसको उल्लंघन भइरहेको छ । काठमाडौं उपत्यकामा मानिसहरुको चहलपहल अघिल्ला दिनको तुलनामा पातलो भएपनि उल्लंघन भइरहेको छ ।

अत्यावश्यक सामान खरिद गर्न भन्दै मानिसहरु घरबाहिर निस्केका छन् । मर्निङ वाक गर्नेहरु पनि देखिएका छन् ।

विहान राजधानीका स्थानीय गाउँबाट दुग्ध उत्पादन गर्नेहरु विक्रीका लागि देखिएका छन् । दुध अत्यावश्यक सामाग्री भएकाले पनि उनीहरुलाई विक्रीका लागि अवरोध नगरिएको बुझिएको छ ।

यसैगरी, सरकारले लकडाउनको उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने तयारी गरेको छ । नियमानुसार छ महिनासम्म कैद र जरिवानाको व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्