Logo

कोरोना भाइरसको संक्रमणविरुद्धभन्दा चीनको स्वार्थ पूरा गर्न डब्लुएचओ लाग्यो-राजामोहन



काठमाडौं, ११ चैत्र । भारतका रणनीतिक मामलाका जानकार सी राजा मोहनले कोरोना भाइरस फैलन नदिने तयारीमा भन्दा चीनको स्वार्थ पूरा गराउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेतृत्व लागेको आरोपबारे लेखेका छन् । उनले डब्लुएचओले कोरोना भाइरसबारे मानिसबाट मानिसमा नसर्ने चीनको जनवरीको मध्यतिरको दाबीलाई समर्थन गरेर चीनले अन्य देशले गरेको यात्रा प्रतिबन्धको विरोध गर्दा त्यसलाई साथ दिएको विषय समेत उल्लेख गरेका छन् ।

इन्डियन एक्सप्रेसमा चाइना एन्ड डब्लुएचओ, अ न्यु स्टोरी शिर्षकमा सी राजा मोहनको आज प्रकाशित लेखमा डब्लुएचओका महानिर्देशक टेड्रोस एडहोनोम घेब्रीयससले चीनको चाहना अनुसार भूमिका निभाएको आरोप लागेको विषय उल्लेख गरेका हुनु ।

डब्लुएचओले विश्व महामारी घोषणा गर्न ढिलाई गरेको विषय पनि उल्लेख गरेका छन् । साथै संयुक्तराष्ट्रसंघमा चीनको प्रभाव बढेको विषयबारे समेत व्याख्या गरेका छन् । कोरोना भाइरसका कारण अमेरिका र चीनबीत तनाव गहिरिदै गएको छ । अमेरिकाले बेइजिङले भाइरस सँसारभर फैलन दिएको आरोप लगाइरहेको र चीनले त्यसलाई अस्वीकार गरेको लेखमा भनिएको छ ।

डब्लुएचओ नेतृत्व चिनियाँ प्रोपोगान्डाको औजार बनेको आरोप र पछिल्लो समय बेइजिङ र विश्व संस्थाहरुबीचको सम्बन्धमा धेरै परिवर्तन आएको विषय समेत राजामोहनको लेखमा उल्लेख छ । चीनले विश्वव्यापी रुपमा डब्लुएचओसँगको सम्बन्ध विस्तार भइरहेको र त्यो चीनको स्वास्थ्यको विश्वव्यापी रेशम मार्ग बनाउने महत्वाकांक्षामा सहयोगी बनिरहेको तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्