Logo

कठिन परिस्थितीमा धैर्यता कायम कसरी राख्ने



जो कोहिको जीवनमा समस्याले दुखि बनाएको हुन्छ । कसैसँग सानो वा कसैसँग ठुलो दुख त जिन्दगीको कोष नै हो । कोहि आफ्नो आधारभुत आवयकताहरु पुरा गर्न पाइरहेका छैनन् त कोहि मृत्युको शोकमा छन् । यस्तैले जिन्दगीलाई अन्धकारमा राख्छ ।

हामी हाम्रो जिन्दगीको संघर्षमा छौ, हामीलाई समस्याले घेरेको छ । यहि समस्या अरुको जिन्दगीमा देख्छौ भने आफ्नो समस्या सानो लाग्नेछ ।

कठिन परिस्थितीमा आफैले आफैलाई हौसला दिएमा जिन्दगीको सबैभन्दा ठुलो र बलियो बन्न सकिन्छ । विश्वका केहि त्यस्ता मानिसहरु छन् जसले सबै गुमाएर पनि विश्व नै प्राप्त गरे ।

युवा जागिर, बृद्धा स्वास्थ्य, बच्चाहरु परिक्षाको लागि दुखि छन् । तर ती सबैमा जीवनको सार छुपेको छ । यदि हामीले यसलाई पार ग¥यौ भने सजिलो मात्र हुँदैन धेरै सुन्दर पनि हुनेछ ।

यदि अप्रिर्य घटना भएमा रुनु पुर्ण रुपमा विफलता हो र यो सफल हुने संकेत पनि हो । आफ्नो मान्छेको मृत्यु भएमा शोक गर्ने राम्रो हो तर त्यसको पनि अवधि हुन्छ ।

हामी भाग्य र समयको अगाडी असहाय हुन्छौ । हामीले दोष दिने भनेको नियतिलाई मात्र हो । जति नै दोष नियतिलाई दिएपनि केहि प्राप्त गर्न सकिदैन । यसले तपाइँलाई मानसिक अशान्ती दिन्छ । यसले तपाइँलाई बिर्गान पर्याप्त हुन्छ ।

यदि भाग्यले तपाइँबाट केहि चिज खोसेको छ भने पनि शोक गर्नूको सट्टा व्यावहारीक भएर जीवनलाई स्वीकार्नु राम्रो हुन्छ । जीवनमा उतार चढावहरु आउदै गर्छन । सफल हुँदा चाहि खुशी हुने तर असफलतामा चाही किन दुखि हुने त ?

चुनौति र वास्तविकतालाई स्वीकार्नु जीवनको सबैभन्दा कठिन परिस्थितीसँग लड्ने एक मात्र ठुलो हतियार हो । कुनै पनि समस्याले हामीलाई दुई तरिकाले दुख दिन्छ । मानसिक र शारीरीक । यदि तपाइँको मनबाट हार मानेमा शरीरले पनि हार मान्नेछ ।

यदि जीवनमा खराव समयले ढकढक्याएको छ भने डराउनुको सट्टा उ सँग लड्ने हिम्मत राख्नुहोस्, तपाइँको राम्रो समय त्यहि पछि लुकेको हुन सक्छ । सबै समस्यासँग एकैचोटी लड्ने हिम्मत प्राप्त गर्नकोे लागि अठोट गर्नुहोस् । यो कहिल्यै टुक्रिने छैन ।

प्रत्येक संकट आफैले यसको समाधान पनि लिएर आएको हुन्छ । आफ्नो समय पर्खेर आफ्नो भाग्यलाई विश्वास गर्नुहोस् । कुनै पनि दिन नराम्रो आउन सक्छ त्यसको लागि आफ्नो दिमाग र हृदयलाई हासी खुशी र बलियो बनाइराख्नु पर्छ ।



प्रतिक्रिया दिनुहोस्