Logo

चितवनमा लकडाउन आदेश अवेज्ञा गर्ने दश जना प्रहरीको नियन्त्रणमा



काठमाडौं, ११ चैत्र । सरकारले आजदेखि जारी गरेको नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए । उनले सरकारको निर्देशन अबज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहानदेखि देशभर लक डाउन गरेको हो । तर चोक–चोकमा मानिस निस्किएर रमिता हेर्न छाडेका छैनन् । उनीहरुलाई प्रहरीले सम्झाउनु परिरहेको छ । बाटो बन्द छ। बजार बन्द छन् । तर मानिसहरु प्रहरीको आँखा छलेर सडकमा निस्किन्छन् । प्रहरी देख्नासाथ उनीहरु भाग्छन् । प्रहरी हिँडेपछि फेरि सडकमै निस्किन्छन् ।



प्रतिक्रिया दिनुहोस्