Logo

कोरोना संक्रमित युवतीको अवस्था कस्तो छ ? यसो भन्छन् डा. पुन (भिडियोसहित)



काठमाडौं, ११ चैत्र । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित एकजना विरामीको उपचार भैरहेको छ । आफूहरुले पहिलेदेखि नै सचेततापूर्वक काम गरिरहेको सुनाउँदै उनले सुनाए । आयतितभन्दा समूदायमा कोरोना फैलनु खतरानक हुने उनको भनाई छ । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार संक्रमित युवती काठमाडौं आउँदापनि सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् ।

https://youtu.be/_v5ScaC44Fw

नेपालमा कोरोनाबाट संक्रमित भएकी ती १९ वर्षीया युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको पुनले जानकारी दिए । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । यद्यपि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्