Logo

डा. भट्टराईको अपिल : कोरोनासंगको लडाई जितिन्छ, नआँत्तिऔं तर सजग बनौं



काठमाडौं, ११ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईले कोरोना भाइरस (कोभिड-१९) संगको लडाई अवश्य जितिने विश्वास दिलाउँदै यो विषम परिस्थितिमा सबैले उच्च सतर्कता र सचेतना अपनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा एक स्टाटस लेख्दै डा. भट्टराईले यस्तो अपिल गरेका छन्,”कोरोनासंगको लड़ाई हामीले जित्नु छ । सरकारी निणेय स्वागत योग्य छ यसलाइ पालन गरौ आफु सुरक्षित हुदै अरूलाइ पनि सुरक्षित रहन आग्रह गरौ।”

मनमोहन काडिेयो थोरासिक भास्कुलर तथा टृान्सपलान्ट सेन्टरमा कार्यरत डा. भट्टराईले अहिलेको जटिल परिस्थितिमा यदि कसैले आफ्नो विरामीलगायत स्वास्थ्यसम्बन्धी सल्लाह सुझावको लागी आफ्नो फेशबुक मेसेन्जर, भाईबरलगायतमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । त्यतिमात्रै नभएर उनले अस्पतालको वेबसाईट (www.mcvtc.org.np ) मार्फत र त्यहाँको फोनमा समेत जिज्ञासा राख्न सकिने जानकारी दिएका छन् ।

उनले लेखेका छन्,”यो विश्व मानवजातीमािथ आईपरेको लडाई हामी अवश्य जित्छौं । नआतिऔं । तर, खेलवाड पनि नगरौं । सजग रहौं ।” उनले कोरोनाको संक्रमणबाट बच्नको लागि हरेकपटक साबुन पानीले हात धुने, स्यानिटाईजरको प्रयोग गर्ने र घर बाहिर निस्किनैपरे मास्कको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्