Logo

आफूमाथि किन भरोसा आवश्यक हुन्छ



मानिस आफ्नो समस्या अर्कोले समाधान गरिदियोस् भन्ने चाहाना राख्छ । अर्को मानिस सहयोगी बन्न सक्छ, उपाय दिन सक्छ तर समाधान गर्न सक्दैन । समस्या व्यक्ति आफैले गर्दा नै शुरु हुन्छ र समाधान पनि स्वयम नै गर्न सक्छ । बाटोमा अवरोध आएपनि साहसको साथमा पार गर्दै जानुपर्छ । कहीं अपमान मिल्न सक्छ, कहि निराशाको सामना गनूृपर्छ यस्तो स्थिीतमा सहि विश्लेषण गरेर मुक्तीको मार्ग खुलाउनु पर्छ । यसको अभावमा तत्कालमा आवेश र असुविचारित साहसिक निर्णयले व्यक्ति पछि धकेलिन पनि सक्छ त्यसैले विचार पुराउनु पर्छ । जोएल ओस्टिनले भनेका छन् ‘तपाईको अवस्था वर्णन गर्न शब्दहरु प्रयोग नगर्नुहोस् । यसको सट्टामा आफ्नो परिस्थिती परिर्वतन गर्नका लागि शब्दहरु प्रयोग गर्नुहोस् ।’

अधिकांश मानिसको दुर्भाग्यको मुल कारण आफु माथी भरोसा नगर्नु हो । धेरैले आफ्नो भाग्यलाई सराप्नमा समय फालेका हुन्छन् । जसले आफूलाई निर्बल वा कमजोर सम्झन्छ उसले कहिल्यै पनि विजय प्राप्त गर्न सक्दैन ।आफुलाई सानो सम्झने व्यक्ति संसारमा सधै कमजोर नै हुन्छन् । त्यो व्यक्तिलाई कहिले पनि उत्तम पद्वार्थ मिल्दैन र उसले भाग्यलाई नै दोष दिन्छ । उसले जबरजस्ती शक्ति प्रयोगले उत्तम बस्नु प्राप्त गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्