Logo

शब्द निखारमा मध्यपश्चिमान्चल ठिटो बेडवाल : संगितको शिखरमा उक्लिदै



संसारमा यस्तो व्यक्ति कोही छैन, जसलाई एकपटक भाग्यदयको अवसर नआएको होस् । जब अवसरलाई स्वागत गर्न सम्बन्धित व्यक्ति तयार हुँदैन, तब त्यो अवसर उल्टो पाइला फर्केर जान्छ । ठीक बाबुआमाको सपना राष्ट्रसेवक बनाउने भएपनि अहिले संगीतको शक्तिले सारा संसारको लोकप्रिय बन्न पुगेका छन् मध्यपश्चिमान्चल ठिटो प्रविन बेडवाल । सरल व्यवहार र शिस्ट बोलीको खानी संगीत पारखीमा आफनो सम्पूर्ण फ्यान र दर्शकलाई ईश्वरको रुप देख्छन् ।

काठमाडौंमा उच्च अध्ययनका लागि आएका प्रविन गीतसंगितलाई जीवन्त पार्न नेपाल नगरी काठमाडौंछोडी भारत पुगे । जुन मानवको मन असल हुन्छ नि धेरैजस्तो उही मानवको खराब भाग्य हुन्छ । आफुलाई गीतसंगितमा तिखार्न खोज्दै गर्दा उसलाई जीवनमा एक किसिमको चुनौती आइपर्छ ।

उसको बाँया बाहुमा चोट लाग्छ र यसले उसलाई नेपाली भूमिमा चल्दै आएको रियालिटी शो नेपाल आयडल सिजन ३ मा जाने कि नजाने भनेर ? वास्तवमा उत्साह भनेको यस्तो ज्वालामुखी हो जहाँ अनिर्णय रुपी घाँस उम्रदैन भन्ने सोच भएका प्रविन त्यस कुरालाई वेवास्ता गरी अघि बढे फलस्वरुप हिजोआज संसारभरी परिचित बन्न पुगे ।

नेपाल आइडलको अहिलेसम्मको यात्रा जिन्दगीकै अविस्मरणीय र सफल भइरहेको छ । यात्रा अझै जारी छ । दर्शक श्रोताहरुको अथाह माया र भोटले प्रविनको यात्रा अगाडि बढिरहेको छ । भोट मात्रै होइन, उसले प्रस्तुत गरेको गितहरुमा दिएको सकारात्मक प्रतिक्रियाले उसलाई अझै धेरै हौसला मिलिरहेको छ । उसको मिहिनेत र साधनालाई थप बलियो बनाउनमा दर्शकको भोट र हौसलाले महत्वपुुर्ण भुमिका खेलेको छ । साथै अत्यन्तै आदरणीय निर्णायकज्युहरुको हौसला पनि उत्तिकै मुल्यवान छ ।गित संगित नै मेरो जीवन हो, नशा हो अनि पलपलको साथी भन्ने विचार राख्ने प्रविनको संगीतयात्रा अन्त्यसम्म रहोस् । प्रविनको अझै धेरै मिहिनेत र साधना गर्न बाँकी नै छ । आजको दिनसम्म जसरी साथ दिएर हजारौँबाट उत्कृष्ट ४ सम्म ल्याएर सहयोग गरेका छौँ र यसका लागि धन्यवाद, आभार अनि कृतज्ञता व्यक्त गर्दै पछिसम्म गरिदिनु हुन अनुरोध गर्दछु ।

प्रज्ञान प्याकुरेल
गोठाटार ८ काठमाडौं
आदर्शटोल सुविधामार्ग

संगीत आत्माको वस्तु हो । गीत एउटा स्वरको डोरी हो । जसले गाउने र सुन्ने आत्मालाई एकै ठाउँमा गाठो पारेर अल्झाइदिन्छ । मधुर संगीतले मानवको चलायमान आत्मालाई शान्त गराइदिन सक्छ । जसले संगीत सुन्छ उसले एकान्तको महसुस गर्दैन । संगीत बिश्वब्यापी भाषा हो । गीत र संगीत हामी सबैको एउटा साझा सम्पत्ति हो र यसलाई बचाइ राख्नु हाम्रो परम कर्तब्य नि हो ।

संगीत एउटा कहिले नभेटीनेसँग जोड्ने साईनोको माध्यम हो, जसमा जात लिंङ्ग भेषभुष जतिय सम्प्रदाय केही हेरिन्न । आज तपाईं तपाईं हो, यो सत्यभन्दा बढी सत्य छ । कुनै पनि जिउँदो छैन जुन तपाईं भन्दा अधिक छ ।

जीवन दौडाईको क्रममा गीत सङ्गीतलाई थोरै भएनी जान्न बुझ्न् मौका पाएँ । सङीत् वास्तवमा शब्दको लहर हो । संगीतले टाढा टाढा बसोबास गर्ने, मन बिटोली टाढा भएका मानबलाई नि नजिक बनाइदिन्छ ।

प्रविनले अहिलेसम्म जजवर्गको कहिले पनि मन खल्लो पारेका छैन । उसको प्रतिभालाई प्रसंसा गर्न सारा जज सहित अथितिहरु पनि सदैव तम्तयार रहन्छन् ।

नेपाल आयडल सिजन ३ मा प्रतिस्पर्धी भइ टप ४ सम्म पुगेको नेपाली आमाको छोरो सुमधुर स्वरका धनी प्रविन बेडवाललाई अत्याधिक भोट गरि अगाडी बढाइदिनुहुनका लागि देश बिदेशमा रहनुभएका आम नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु ।

भोट गर्ने तरिकाहरु Respect & Rise App, e-sewa र sms मार्फत NI 09 type गरि 37000 पठाउन सकिन्छ । मेरो व्यक्तिगत जन्मथलो नेपालको राजधानी काठमाडौंमा भए पनि गीत संगीतलाई एउटा मिठो जादु सम्झिएर भाइ प्रविन बेडवाललाई भेटी र सम्झनाको प्रतिक सम्झी पनि फुलको गुच्छा सम्मान स्वरुप दिएर आएँ । भाइ तिम्रो साङितिक् यात्रा अन्तिमसम्म उस्तै रहोस् र भाइ पछि पनि तिम्रो मुखबाट मुखारित भएको थुप्रै गीत सुन्न पाइयोस् ! लभ यू अलट नेपाली आमाको छोरो र सम्पूर्णको प्यारे ।

 



प्रतिक्रिया दिनुहोस्