Logo

तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा



काठमाडौं, चैत १२ र नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो ।अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो ।

निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको आजको राजधानी दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्