Logo

१० दिन पहिले भारतबाट फर्किएका एक जनाको मृत्यु



गुल्मी चैत १२ । दश दिन पहिले भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको आज विहान मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको मृत्यु भएको हो ।

उनको मृत्युको कारण नखुलेपनि त्रासमा रहेको गाउँलेले कोरोना हो कि भन्ने आशंका व्यक्त गरेका छन् । पहिले देखि नै दमको रोगी बिश्वकर्माले कतै पनि आफ्नो स्वास्थ जाँच नगराएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई ज्वरो तथा रुघाखोकि नएकाले दमकै कारण उनको मृत्यु भएको परिवारको अनुमान छ । उनको घरमा कसैलाई पनि कोरोनासंग मिल्दो लक्षण देखिएको छैन् । उनी भारतको पञ्जावमा मजदुरीको काम गर्दथे ।



प्रतिक्रिया दिनुहोस्