Logo

प्रकाशमान सिंह भाषण गर्ने गणेशमान, किशुनजीलगायत नेताहरु सुन्ने



काठमाडौं, १२ चैत्र । प्रकाशमान सिंह भाषण गर्ने गणेशमान सिह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, रामहरि जोशी, नोना कोइरालालगायत दिग्गज नेताहरु सुन्ने । यो २०४६ साल माघ महिना काठमाडौंमा नेपाली काँग्रेसको राष्ट्रिय सम्मेलनको घटना हो ।

त्यतिबेला युवा प्रकाशमान काँग्रेसको एक्सन कमिटिमा थिए । उनलाई प्रहरीले खुबै खोजी गरेको थियो ।

आज प्रकाशमान सिंहको जन्मदिन । उनकी पत्नी सृजना सिंहले ट्वटी गर्दै २०४६ सालको घटनाको स्मरण लेखेकी छिन् । जसमा प्रकाशमान सिंहलाई खानेकुरा पठाउन भाईलाई लगाएको तर मन्की क्याप लगाएको सिंहलाई ठम्याउन नसकेको उल्लेख छ । साही रात प्रहरीले छापा मार्दा सिंह पक्राउबाट बचेको लेखेकी छिन् ।

राजनीतिमा सक्रिय प्रकाशमान सिंह नेपाली काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री समेत भए । उनी उपप्रधानमन्त्री सम्म भइसकेका छन् । सिंहलाई काँग्रेसको भावी नेतृत्वको मुख्य दाबेदारमध्येको मानिएको छ ।

Photo Source: Srijana Singh



प्रतिक्रिया दिनुहोस्