Logo

१७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, १२ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिकाका काठमाडौं सितापाइला बस्ने बिकलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई विकले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्