Logo

कोरोना संक्रमित नेपाली महिला भगवती स्वस्थ भई घर फर्किइन्



काठमाडौं, १२ चैत्र । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् ।

बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् ।

संक्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा भएको थियो । उनी संक्रमणमुक्त भई घरमा आराम लिइरहेको तस्बिर सार्वजनिक भएको छ । सच्ची मैनालीले उनी कोरोना भाइरसको संक्रमणमुक्त भएको जानकारी दिएकी छिन् । रानाभाट दुई हप्ता अस्पताल बसाईंपछि फर्किएकी हुन् ।

Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्