Logo

बन्दुक सहित पक्राउ



काठमाडौं, १२ चैत्र । हातहतियार सहित एकजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका भण्डारी टोल बस्ने स्याङ्जा मालुङ्गा गाउँपालिकाका राम्दीघाटका सूर्य ज्वारचनलाई बाह्र बोरको दुईनाले बन्दुक १ थान र सर्ट राईफल १ थान सहित पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेश अनुसार महानगरीय प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले ज्वारचनको कोठामा तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ ज्वारचनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको महानगरीय प्रहरी वृत महाराजगंजले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्