Logo

नेपालमा अहिलेसम्म दुई पुरुष र एक महिलालाई कोरोना भाइरस



काठमाडौं, १२ चैत्र । नेपालमा अहिलेसम्म दुई पुरुष र एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनीहरु कसैको पनि नाम नखुलाइएपनि स्वास्थ्य मन्त्रालयले दुई पुरुष र एक महिला संक्रमित भएको पुष्टि गरेको हो ।

संक्रमित मध्ये तीनैजना विदेशबाट आएका नेपाली नागरिक हुन् । पहिलोपटक भेटिएका संक्रमित पुरुष चीनबाट स्वदेश फर्किएका हुन् । दोस्रो संक्रमित फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी हुन् । तेस्रो व्यक्ति दुबईबाट फर्किएका पुरुष हुन् ।

तीनजनामध्ये दुई जना उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएका छन् । एकजना उपचार भई संक्रमणमुक्त भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्