Logo

नेपालमा रहेका विदेशीलाई देश फर्कन भनिएपछि…



काठमाडौं, १२ चैत्र । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा रहेका विदेशीहरुलाई उनीहरु कार्यरत संस्था र कम्पनिहरुले आफ्नो देश फर्कन भनेका छन् । विश्वभर महामारीका रुपमा संक्रमण बढिरहँदा नेपालले पनि एक हप्ते लकडाउन गरेपछि कार्यरत संस्थाहरुले सुरक्षित तरिकाले देश फर्कन भनेका हुन् ।

एक आइएनजीओमा कार्यरत विदेशीले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार सुरक्षित तरिकाले आफ्नो देश फर्कन भनिएको छ । नेपालमा अत्यावश्यक कामका कारण नबसी नहुनेबाहेकलाई आफ्नो देश फर्कन सम्बन्धित संघ संगठन र संस्थाले जानकारी गराइएसकेपनि फर्कन भने समस्या छ । लकडाउनका कारण विमानस्थल बन्द भएकाले उनीहरु कसरी फर्कने हुन् भन्ने गम्भीर विषय हो ।

कतिपय देशले आफ्ना नागरिकलाई चाटर्ड विमानबाट लगेका छन् । खाली विमान ल्याएर विमानबाट कोही नउत्रिई लानेहरु पनि रहेका छन् । त्यसका लागि नेपाल सरकारले विमान अवतरणका लागि अनुमति दिनुपर्नेछ ।

अहिले नेपालमा संयुक्त राष्ट्रसंघ, अमेरिकी सहयोग नियोग युइएसएड, जापानी सहयोग नियोग जाइका, एडीबी, विश्व बैंक, जर्मन सहयोग नियोग जीटीजेड, स्वीस, नर्वेका अलागा युरोपेली युनीयनलगायतका देशबाट सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सक्रिय छन् । ती संस्थाहरुमा हजारौं विदेशी कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्