Logo

मनमोहन सेन्टरद्वारा अनलाईन ओपिडी सञ्चालन



काठमाडौं, १२ चैत्र । महाराजगन्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरले अनलाईनमार्फत ओपिडीमार्फत चिकित्सकीय सेवा सञ्चालन गरेको छ ।

सो अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अनिल भट्टराईले दिएको जानकारी अनुसार बिरामीहरुले अस्पतालको हटलाईनमा फोन गरेर आफ्ना समस्या राख्न सक्नछन् । बिरामीको समस्याहरुको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन विहान १० बजेदेखि १ बजेसम्म जवाफ पाइनेछ । बिरामीहरुले कुनै पनि बेला अस्पतालमा सम्पर्क गरेर आफ्नो समस्या राख्न सक्नेछन् ।

मनमोहन सेन्टरले ९८४०६८०९९८ नम्वरमा सम्पर्क गरी जुनसुकै बेला ह्वाट्स एप्स, भाईबरमार्फत र सिधै कल गर्न सकिने जनाएको छ । मुटुको रोगसम्बन्धी विश्वकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको सो अस्पतालले यस्तो सेवा प्रवाह गरेसँगै मुटुका बिरामीहरुले लाभ पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्