Logo

कोरोना भाइरस टेष्ट किटले कसरी संक्रमण पत्ता लगाउँछ



एजेन्सी, १२ चैत्र । विश्वभर महामारी बनेको कोरोना भाइरसको संक्रमणका लागि परीक्षण महत्वपूर्ण हुन्छ । परीक्षणविना रोगी पत्ता लाग्न सक्दैन । परीक्षण कस्तो व्यक्तिलाई गर्ने नगर्ने उत्तिकै महत्वपूर्ण हुन्छ ।

कोरोना भाइरसको परीक्षणका लागि सर्वप्रथम विरामीबाट स्वाब लिइन्छ । स्वाबको नमूना ल्याबमा पठाइन्छ । नमूनालाई टेष्ट ट्युबमा राखिन्छ ।

आरएनए नामको भाइरस अनुवंशिक वस्तु रिभर्स प्रतिलिपि प्रक्रियाबाट डिएनएमा परिवर्तन गरिन्छ । डिएनएको केही भागलाई लक्षित गरी रिजेन्टलाई मिसाइन्छ । रिजेन्ट जाँच गर्ने वस्तु हो । यदि लक्षित डिएनए छ भने त्यो धेरै गुना बढ्छ र चम्किलो प्रकाशमा परिणत हुन्छ ।

त्यसपछि मेशिनले प्रकाशको स्तर रेकर्ड गर्छ र पोजेटिभ र नेगेटिभ नमूनासँग तुलना गर्छ । यदि त्यसमा धेरै प्रकाश भएमा नमूना पोजेटिभ हुन्छ र कोरोना भाइरसको संक्रमण पुष्टि हुन्छ । सीएनएनबाट



प्रतिक्रिया दिनुहोस्