Logo

इटालीमा क्वारेन्टाइन उल्लंघन गरी कोरोना भाइरस संक्रमित भए पाँच वर्ष जेल सजाय



एजेन्सी, १२ चैत्र । इटालीमा कोरोना भाइरस फैलन नदिन लकडाउन गरिएपनि मानिसहरुले उल्लंघन गर्न नछाडेपछि कडा कानुन बनाइएको छ । अब क्वारेन्टाइनमा नबसी उल्लंघन गरेर कोरोना भाइरस संक्रमित भएमा पाँच वर्षको जेल सजाय भोग्नुपर्ने भएको छ ।

भाइरससम्बन्धी नियम उल्लंघन गर्नेमाथि यो इटाली सरकारले ल्याएको कडा कानुन हो । मंगलबार राति सार्वजनिक गरिएको नयाँ नियम अनुसार जरिवाना पनि बढाइएको छ । क्वारेन्टाइन नियम उल्लंघन गर्नेलाई तीन हजार युरो जरिवाना गरिनेछ । यसअघि ४०० युरो जरिवानाको नियम थियो । कसैले कुनै निषेध गरिएको व्यवसाय खुलाएमा पाँच देखि ३० दिनसम्म बन्द गराइनेछ ।

इटाली अहिले कोरोना भाइरसका कारण विश्वकै सर्वाधिक मानिसको मृत्यु हुने देशमा पर्दछ । त्यहाँ सात हजार मानिसको मृत्यु भइसकेको छ भने ७० हजार संक्रमित भइसकेका छन् ।-Photo: Agency 



प्रतिक्रिया दिनुहोस्