Logo

कोरोना संक्रमित तेस्रो व्यक्ति कतारबाट आएका थिए : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं, १२ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको जानकारी दिएका छन् । आज (बुधबार) प्रेस ब्रिफ गर्दै उनले यस्तो जनाएका हुन् । उनकाअनुसार ती संक्रमित व्यक्ति धादिङनिवासी ३२ वर्षका पुरुष हुन् ।

ढकालले भने,”संक्रमित भएका तेस्रो व्यक्ति कतारबाट काठमाडौँ आएर होटलमा बसेका थिए। स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए।” उनकाअनुसार ती संक्रमित तेस्रो व्यक्तिको पनि अहिले टेकुस्थित् अस्पतालमा आईसोलेशनमा राखेर उपचार भैरहेको छ । त्यस्तै, मन्त्री ढकालले होटलका मान्छे र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइनमा राखिने र उनीहरुको परीक्षण गरिने पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्