Logo

नरेश थापाको ‘साइबर क्राइम’



काठमाडौं, १२ चैत्र । युवा प्रतिभा नरेश थापाले ‘साइबर क्राइम’ नामक भिडियो ल्याएका छन् । साइबर क्राइमसम्बन्धि विषयवस्तु समेटेर उनले म्युजिक भिडियो बनाएका हुन् ।

नरेश थापाले साइबर क्राइमका भोगाई र पीडाहरु समावेश गरी भिडियो तयार गरेका हुन् ।

भिडियो साइबर क्राइमको विषयवस्तु समेटिएको छ । साइबर क्राइम कसरी हुन्छ र यसको कारण के के हो, यसले समाजमा कस्तो असर पारिरहेको छ भन्ने विषय भिडियोमा समावेश छ । भिडियोमा जसिज श्रेष्ठ। निकिता बुढाथोकी, प्रभात थापा, सिद्धान्त थापा, सरोज उप्रेती, जे बी तामाङलगायतले अभिनय गरेका छन् । क्यामरामा बिनोद याख्खा र विरेन टितुङ छन् । म्युजिक सुसन सनभाइरको छ भने भिडियो कास्ट सुडुकु बज्र र कैलाश राईले सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्