Logo

कोरोनाविरुद्धको लडाई जित्छौं : ईश्वर पोखरेल (भिडियोसहित)



काठमाडौं, १२ चैत्र । उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आफूहरुले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नै लकडाउन गरेको स्पष्ट पारेका छन् । उनले भने, हामीले जे उद्देश्य लिएका छौं, त्यसमा सफल हुन्छौं । यो लडाईमा हामी जित्छौं । हामी क्षति हुन दिन्नौं । क्षति भएपनि अत्यन्तै न्यून होस भन्ने हाम्रो चाहना छ ।

प्राइम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अघि भनेका छन्,”यतिवेला हामीले गरेका कामहरु जनताका बीचमा छन् । ती कामहरु हामीले उपयुक्त तवरले गरेका छौं । केही केही कमजोरी पनि भए होलान् । तर, मुख्य कुरा के हो भने आज हामीले गर्नुपर्ने काम हामीले गरिरहेका छौं कि छैनौं ? यो मुख्य कुरा हो ।” उनले आगामी शनिबारसम्म चिकित्सकलाई आवश्यक पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्टसलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गर्नेपनि जानकारी दिए ।

उनले सरकारको तर्फबाट आफूहरुले जे काम गर्नुपर्ने थियो त्यही काम गरिरहेको स्पष्ट पारे । यसको लागि जनताको तर्फबाट र राजनीतिक दलहरुको तर्फबाटपनि उत्तिकै साथ र समर्थन रहेको उनको विश्वास छ । उनले भने,”यो लडाई सिंगै नेपालीको लडाई हो । विश्वमा नै यो मानवताको लागि लडाई हो । हामी सबैलाई एकताबद्ध बनाएर अघि बढेका छौं ।”



प्रतिक्रिया दिनुहोस्