Logo

लक डाउनकै बेला जिप्रका काठमाण्डौमा अत्याधिक भिड(तस्विर)



चैत १२, काठमाण्डौ । मंगलबारदेखि एक साताका लागि ‘लकडाउन’ घोषणा गरे पनि कार्यान्वयन गराउने निकायमै उल्लङघन भएको छ । ‘लकडाउन’ भन्दा अगाडीनै सरकारले २५ जनाभन्दा बढी भीड गर्न नगर्न गरेको आग्रह जिल्ला प्रशासन कार्यालय काठमाडौंमै उल्लङघन भएको हो । सरकारले कोरोना भाइरस (कोभिड १९) फैलन नदिन लकडाउन घोषणा गरिएको हो ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई दिन यता भने धेरै भीड छ । सोमबार सरकारले आउँदो मंगलबारदेखि लागू हुने गरी मुलुकभर ‘लकडाउन’ घोषणा गरेपछि ‘अत्यावश्यक’ सवारी साधन पास लिन प्रशासन कार्यालय बबरमहलमा बाक्लो भीड लागेको हो । जहाँँ सोमबार दिनभरी भीड थियो । मंगलबारपनि दिनभर सवारी पास लिन भीड लागेको छ । भीडमा सञ्चारकर्मीदेखि विभिन्न कम्पनी र अस्पतालका सवारीका लागि पास लिनेको खचाखच छन् ।

पास लिन लाइनमा बसेका एकजनाले सरकारले २५ जनाभन्दा बढी जम्मा नहुनु भने पनि सय जनाभन्दा बढी भीड देखिन्छन् । मानिसहरुविच एक मिटरको दूरी समेत कायम गर्नूपर्ने भनिएपनि त्यसो गरिएको छैन । लाइनमा तीन घण्टा बस्दा पनि पास नपाएको संञ्चारकर्मीहरुको छ । ‘पहुँच भएकाले सजिलै पास बनाएर फर्किएका छन्, दुई दिन यता आफूहरुले भने पास पाएका छैनौं,’ पास लिन आउनेहरु भन्छन् ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि पुष्टि भएपछि सरकारले ‘लकडाउन’ घोषणा गरेको हो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंको व्यवस्थापन भने नदेखिएको पास लिन बसेका सेवाग्राहीको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्