Logo

पुटिनले १५ करोड रुसी जनतालाई घरमै रहन भने



एजेन्सी, १२ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशवासीका नाममा सम्बोधन गर्दै घरमा रहन भनेका छन् । आज विशेष सम्बोधन गर्दै उनले कोरोना भाइरसको रोकथामका लागि घर नै सुरक्षित रहेको भन्दै बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

उनले भने, ‘मलाई विश्वास गर्नुहोस्, अहिलेको अवस्थामा सबैभन्दा सुरक्षित ठाउँ घर नै हो ।’ पुटिनले सबै आग्रह पालना गर्नैपर्ने भन्दै आफू र आफ्ना नजिककालाई बचाउनुपर्नेमा जोड दिए ।

आगामी हप्ता पूरै बिदा समेत घोषणा गरेका छन् । बिदामा तलब र ज्याला नकाटिने स्पष्ट पारे । उनले २८ मार्च देखि ५ अप्रिलसम्म बिदा घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्